भोलेन्टियर्स फोर्स गठन गठन गर्दै एमाले, औपचारिक घोषणा मंसिर ५ मा हुने



काठमाडौँ,१६ कार्तिक । नेकपा एमालेको जनवर्गीय सङ्गठनका रूपमा ‘युथ भोलेन्टियर्स फोर्स’ थपिने भएको छ । उक्त फोर्सको नयाँ नेतृत्व आगामी मंसिर ५ गते घोषणा गरिने भएको छ ।

आइतबार भक्तपुरमा सम्पन्न फोर्सको विशेष भेलाले आगामी मंसिर ५ गते फोर्स गठनसहित सार्वजनिक गरिने राष्ट्रिय युवा सङ्घ नेपालका प्रवक्ता निरोज पौडेलले जानकारी दिए । उनका अनुसार नयाँ नेतृत्व छनोट गर्न एमाले नेता महेश बस्नेतको संयोजकत्वमा कार्यदल बनेको छ ।

युथ भोलेन्टियर्स फोर्स गठन भएसँगै एमालेका जनवर्गीय सङ्गठनको सङ्ख्या २४ पुग्ने भएको छ । यसअघि युवा विद्यार्थी,महिलालगायत २३ वटा जनवर्गीय सङ्गठन रहेका थिए । नेकपा एमालेले जनवर्गीय सङ्गठनका रूपमा युथ भोलेन्टियर्स फोर्स गठन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्