एकीकृत समाजबादीसंग एकता गर्ने निर्णयप्रति जनार्दन शर्माको असन्तुष्टि
काठमाडौं,१५ कार्तिक । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेकपा एकीकृत समाजवादीसँगको एकताले वर्तमानको देशको राजनीतिक संकट समाधान नगर्ने बताएका छन् ।

पार्टीको मुख्यालय पेरिसडाँडामा जारी महाभिवेशन आयोजक समिति सचिवालय बैठकमा धारणा व्यक्त गर्दै शर्माले एकता प्रक्रिया तत्कालका लागि स्थगन गर्नुपर्ने बताउँदै सो कुरा बताएका हुन्। उनले समाजवादीसँगको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुन सक्ने आशंका समेत व्यक्त गरेका छन् ।
सचिवालय बैठकमा नेता शर्माले भनेका छन्, ‘हतारको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पूरा गर्न सक्छ, तर आम कम्युनिष्ट आन्दोलनका लागि प्रतिकूल परिणाम ल्याउनेछ । त्यसैले उपयुक्त गृहकार्य वैचारिक स्पष्टता र एकता बिना गरिएको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुनेछ ।’

