आज बस्दै नेकपा माओवादी केन्द्रको सचिवालय बैठक



काठमाडौं,१५ कार्तिक । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बस्दैछ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

नेकपा एकीकृत समाजवादी,नेपाल समाजवादीलगायत पार्टीसँग एकताबारे निर्णय लिन सचिवालय बैठक बस्न लागेको माओवादीले जनाएको छ ।

बैठकमा पार्टीहरूबीचकाे एकता,पदको व्यवस्थापनलगायत विषयमा छलफल हुने बताइएको छ ।

माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले शुक्रबार माओवादीसँग एकता गर्ने निर्णय गरेपछि माओवादीले सचिवालय बैठक बोलाएको हो ।

प्रतिक्रिया दिनुहोस्