कार्तिक २० र २१ गतेका लागि सोलु एमालेले बोलायो बिस्तारित बैठक
काठमाडौं,१३ कार्तिक। नेपाल कयुनिष्ट पार्टी (एमाले) सोलुखुम्बुले कार्तिक २० र २१ गते बस्ने गरि जिल्ला कमिटीको नवौ पूर्ण तथा बिस्तारित बैठक बोलाएको छ।

कोशी प्रदेश कमिटीको निर्णय अनुसार पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज शेरधन राइको प्रमुख आतिथ्यतामा सो बैठक बस्न लागेको हो। मदन भण्डारी स्मृति भवन आवा डांडा सल्लेरीमा बस्ने सो बैठकमा जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम,पार्टी केन्द्रीय कमिटीको निर्णय जानकारी,मतदाता एवम् कार्यकर्ताको बुझाइको समिक्षा र त्यसको निस्कर्षका आधारमा आगामी योजना निर्माणबारे छलफल हुने जिल्ला कमिटी अध्यक्ष डुफ कुमार बास्तोलाले जानकारी दिए।
बैठकमा जिल्ला इन्चार्ज,केन्द्रीय सदस्यद्वय,कोशी प्रदेश कमिटीमा जिल्लाबाट प्रतिनिधित्व गर्ने सदस्यहरु,प्रदेश कमिटीका बिभागीय र सल्लाहकार परिषदका सदस्य,जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य,जिल्ला सल्लाहकार परिषदका पदाधिकारी तथा सदस्य जिल्ला लेखापरीक्षण कमिटीका पदाधिकारी तथा सदस्य पालिका कमिटीका पदाधिकारी,जिल्लाबाट जन सङठनको केन्द्र तथा प्रदेसमा प्रतिनिधित्व गर्ने सदस्य,जनसंगठनका जिल्ला कमिटीका पदाधिकारी,निर्वाचित पालिका अध्यक्ष/उपाध्यक्ष,वडाअध्यक्ष,जेष्ठ कम्युनिस्ट मञ्च प्रदेश कमिटीका सदस्यहरु,जिल्ला समितिका पदाधिकारी र वडा कमिटीका अध्यक्ष सहभागी हुने उनले बताए।

