बालुवाटारमा त्रिपक्षीय बैठक सुरु,सरकार,दल र जेनजीका प्रतिनिधिहरु सहभागी
काठमाडौं,१२ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीको आव्हानमा राजनीतिक दल र जेनजीसहितको त्रिपक्षीय वार्ता छलफल शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अगाडि शुरू भएको छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका पदाधिकारी एवं दोस्रो तहका नेताहरू सहभागी छन् ।

निर्वाचनको माहोल बनाउने सन्दर्भमा पहिलो पटकको छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायत रहेका प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।
राजनीतिक दलबाट नेताहरू नारायणकाजी श्रेष्ठ,वर्षमान पुन, माधव सापकोटा, प्रकाश अधिकारी, दीपक कार्की, प्रकाश ज्वाला, राजेन्द्र पाण्डे, मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ, निशा डाँगी, स्वर्णिम वाग्ले, महेश बर्तौला, क्षितिज थेबे, वसन्त कुशवाह र प्रकाशशरण महत सहभागी छन् ।
जेनजीको तर्फबाट १३ जना सहभागी भएका छन् । छलफलमा सहभागी हुने जेनजी प्रतिनिधिको सूचीमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक ढकाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर छन् ।
यसअघि, प्रधानमन्त्री कार्कीले भने राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग छुट्टाछुट्टै छलफल गरिसकेकी छन् । आगामी फागुन २१ गतेको निर्वाचनका लागि सरकारले छलफललाई तीव्र पार्ने प्रयास गरिरहेको छ ।

