संसद पुनस्थापना अध्यक्ष ओलीको बटमलाईन,तर प्रधानमन्त्रीको दावी नगर्ने
काठमाडौं,१२ कार्तिक । प्रतिनिधिसभा विघटनप्रति असहमति जनाउदै आएको दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनस्थापना गर्नुपर्ने तर आफुले प्रधानमन्त्रीका लागि दावी नगर्ने बताएका छन् ।

जेनजीसहितको सर्बदलीय,सर्बपक्षीय सरकार गठनको विकल्प अघि सारेका अध्यक्ष ओलीले राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलाइन्स) को टोलीसँग मंगलबारको भेटवार्ताका क्रममा वर्तमान संकटको निकासका लागि संसद पुनस्थापना भने हुनै पर्ने धारणा राखेको हुन।र्नेगरी सर्वपक्षीय सरकार बनाउने प्रस्ताव गरेको पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले बताए।
ओलीले विभिन्न ६ वटा बुँदामा ‘मार्गचित्र’ प्रस्तुत गरेका छन्। ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पुन:स्थापना हुनुपर्ने, प्रतिनिधिसभाबाट संविधान संशोधन गर्ने र संसद् सदस्य नभएको व्यक्ति चुनावी सरकारको प्रधानमन्त्री नियुक्त हुनसक्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
जेनजी आन्दोलनबाट आफूलाई प्रधानमन्त्रीबाट हटाइएको भए पनि तिक्तता बढ्न नदिन पुनः प्रधानमन्त्रीको दाबी नगर्ने ओलीले छलफलमा बताए। यसरी मात्र सरकारले तीन महिनाभित्रै निर्वाचन गर्न सम्भव भएको ओलीले बताएका छन्।
तर, ओलीको कार्ड आफैमा विरोधाभास छ। किनकी उनले प्रतिनिधिसभा पुन:स्थापना भनेका छन्। मानौ उनले भनेझैं पुनस्र्थापना भयो भने चुनाव कसरी हुन्छ ? त्यही भएर ओलीले प्रतिनिधिसभा पुनस्र्थानालाई मूल एजेण्डा बनाएको देखाए पनि उनी कार्की सरकारको विकल्प चाहन्छन्।

