शेर्पा संघ अमेरिकाले नयाँ भवन खरिद गर्ने



दावा जाङ्बु शेर्पा, काठमाडौं ११ कार्तिक । शेर्पा संघ अमेरिकाले नयाँ भवन खरिद गर्ने भएको छ ।शेर्पा संघ अमेरिकाको न्युयोर्कमा हालै सम्पन्न वार्षिक साधारण सभाले नयाँ भवन खरिद गर्ने निर्णय गर्दै नयाँ भवन खरिदको लागि आर्थिक सहयोग संकलनका लागि शेर्पा संघ अमेरिकाका अध्यक्ष एपी लामाको संयोजकत्वमा १५ सदस्य समिति गठन गरेको शेर्पा संघ अमेरिकाले जनाएको छ ।

शेर्पा संघ अमेरिकाका अध्यक्ष लामाको अध्यक्षता तथा बौद्ध धर्मगुरु डा. युला शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाको विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो। संयोजक लामाले शेर्पा संघ अमेरिकाको आर्थिक संकलन तथा भवन खरिदको लागि १५ सदस्य मात्रै नभईकन जो कोही पनि यस शेर्पा समुदायका ऐतिहासिक आर्थिक संकलन तथा भवन खरिदको लागि इच्छुक जो कोही पनि समितिमा आउन सक्ने बताउनुभयो।

आर्थिक संकलन तथा भवन खरिदका कार्यसमितिहरूलाई शेर्पा संघ अमेरिकाको सल्लाहकार लुम्बिनी विकास कोषका पूर्व सदस्य सचिव आङ दावा शेर्पाले खाता लगाई दिनुभयो भने प्रमुख अतिथि बौद्ध धर्मगुरु डा. युला शेर्पाबाट आर्थिक संकलन तथा भवन खरिदको कार्य चाँडै सम्पन्न होस् भनी मोलमा पूजा पाठ गरी शुभकामना दिनुभयो।

आर्थिक संकलन तथा भवन खरिदका १५ सदस्य समितिलाई अध्यक्ष एपी लामाले कबुल गर्नुभएको ५५५५.५५ डलर ५५ सेन्टका टिडी बैंकका चेक प्रमुख अतिथिकाको रोबरमा आर्थिक संकलन तथा भवन खरिद समितिलाई हस्तारण गर्नुभयो।

भवन खरिदका लागि शेर्पा संघ न्यु जर्सी राज्यका अध्यक्ष नोर्की शेर्पाले रु.२५०० डलर,गोर्खा समाजका अध्यक्ष ओम विश्वकर्मा ले ५०० डलर भवन खरिदका लागि सहयोग गर्नु भएको थियो। सोही क्रममा नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका फिप्नाको अध्यक्ष तोरण बहादुर गुरुङ,एनआरएन न्युयेर्क च्याप्टरका अध्यक्ष बासु लामिछानेले सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । शेर्पा संघ अमेरिकाको भवन खरिदका लागि सहयोग गर्नुहुने महानुभाव हरूलाई आर्थिक संकलन तथा भवन खरिदका संयोजक एपी लामाले आर्थिक सहयोगको लागि धन्यवाद ज्ञापन दिनुहुँदै भवन खरिदका लागि सहयोग गर्न सम्पूर्ण शेर्पा समुदायसहित विश्वभरि छरिएका नेपाली समुदाय अपिल गर्नुभयो ।

वार्षिक साधारण सभामा कार्यक्रममा उपस्थित प्रमुख अतिथि विभिन्न संघ संस्थाका प्रतिनिधि,सल्लाहकार उपस्थित आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरू कलाकार पत्रकार लगायत कार्यसमितिका सम्पुर्णलाई कार्यक्रम सफलताका पूर्वक सम्पन्न गराइदिनुभएकोमा अध्यक्ष एपी लामाले विशेष धन्यवाद दिनुभयो शेर्पा संघ अमेरिकाको वरिष्ठ उपाध्यक्ष आङ छिरिङ शेर्पाले शुभकामना मन्तव्य दिनुभयो । शेर्पा संघ अमेरिका महिला उपाध्यक्ष मिना शेर्पाले खाता लगाइ अतिथि सत्कार गर्नुभयो। कार्यक्रमको सञ्चालन महासचिव छिरिङ शेर्पाले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्