बिप्लवले कार्तिक २० गते काठमाडौंमा आमसभा गर्ने



काठमाडौं,१० कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कात्तिक २० गते काठमाडौंमा बृहत आमसभाको आयोजना गरेका छन् ।

विप्लवले बृहत आमसभामा समाजवादको पक्षमा उभिने सबैलाई सहभागी हुन आग्रह गरेका छन् । आज (सोमबार) सामाजिक सञ्जालमार्फत विप्लवले आह्वान गरेका हुन् ।

स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २०गते काठमाडौंमा भेटौ साथीहरू,उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ‘नेपाललाई अरूले होइन हामी आफैंले फेर्ने हो। अरूले होइन नेपालीले नै चलाउने हो,जब भ्रष्ट,कमिसनखोर,तस्कर,दलाल,परजीवीहरू समाप्त हुनेछन् देशले आत्मसम्मानसहित उन्नति हासिल गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्