सोलुखुम्बुको वाकुमा बोलेरो दुर्घटना हुँदा तीन महिलाको मृत्यु
दिप खालिङ/सोलुखुम्बु,७ कार्तिक । सोलुखुम्बुको वाकुमा बोलेरो जीप दुर्घटना हुँदा तीन महिलाको घटनास्थलमा नै मृत्यु भएको छ। बोलेरो करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

घटनास्थलमा उद्धारका क्रममा तीन महिलाको शव फेला परेको छ भने ६ जना घाइते भएका छन् । चालक गम्भीर घाइते रहेका कारण बोल्न नसक्ने अवस्थामामा नरहेको बताईएको छ । दुर्घटनाग्रस्त बोलेरो महाकुलुङतर्फ जाँदै गरेको हुँदा मृतक र घाइतेहरू पनि महाकुलुङकै हुने अनुमान गरिएको प्रहरीले जनाएको छ।
उद्धार टोलीले घाइतेहरूलाई सोताङ अस्पताल पठाएको छ। वाकुबाट प्रहरी टोली तत्कालै घटनास्थल पुगेको र सोताङबाट प्रहरी निरीक्षकको नेतृत्वमा अर्को टोली समेत घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक मनोजित कुवरले जानकारी दिनुभयो।

