बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दाजुभाइ दिदीबहिनी नहुने सर्वसाधारणको भिड
काठमाडौं,६ कार्तिक । रानीपोखरीमा अवस्थित बालगोपालेश्वरमा बिहानदेखि दाजुभाइ दिदीबहिनी नहुने सर्वसाधारणको भिड लागेको छ।

दाजुभाइ दिदिबहिनी नहुनेले बालगोपालेश्वरको दर्शन गरेर भाइटीका लगाउने प्रचलन रहेकाले आज मन्दिर बिहानैदेखि खुला गरिएको रानीपोखरी एवं मन्दिर क्षेत्र व्यवस्थापन समितिले जनाएको छ।
दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ ।
विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो। भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन्।

