देशको भविष्यप्रति नयाँ संकल्प गर्न आवश्यक : सभामुख घिमिरे



काठमाडौँ,५ कार्तिक । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले युवाहरूले उठाएका भ्रष्टाचार अन्त्य र सुशासनका आवाजहरूले देशको भविष्यप्रति नयाँ संकल्प गर्न आवश्यक भएको बताएका छन् ।

नेपाल सम्वत् ११४६ को अवसरमा शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले सो कुरा बताएका हुन्।उनले शुभकामना सन्देशमा मौलिक इतिहास बोकेको यो सम्वतले नेपालीहरूमा सहिष्णुता, भाइचारा, सामाजिक सद्भाव र राष्ट्रिय एकता अभिवृद्धि गर्न सकोस् भन्ने कामना गरेका छन्।

घिमिरेले युवा पुस्ताको आन्दोलनपछि मुलुकमा शान्ति र स्थायित्व प्राप्त गर्ने प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउन सरकार, राजनीतिक दल, युवा पुस्ता, नागरिक समाज र सम्पूर्ण नेपाली जनताबीच साझा सहकार्य अपरिहार्य रहेको विश्वास व्यक्त गरेका छन्।

“नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक हो,” सभामुख घिमिरेले भने, “राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई मुक्ति दिलाई स्वतन्त्र र सम्मानजनक जीवनको आधार तयार गर्नुभएको ऐतिहासिक सम्झनामा नेपाल सम्वत् मनाउने गरिएको हो।”

उद्लेद नेपाल सम्वत्को अवसरमा सबै नेपाली ऋणमुक्त हुँदै आर्थिक समृद्धि, आत्मनिर्भरता र सुखी जीवनको कामना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्