काँग्रेसलाई पुनर्जीवित र एकताबद्ध बनाउन मंसिरमै नियमित महाधिवेशन हुनुपर्छ : कोइराला
काठमाडौं,३० असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई पुनर्जीवित र एकताबद्ध बनाउन मंसिरमै नियमित महाधिवेशन हुनुपर्ने बताएका छन् ।

बिहीबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सानेपामा बोल्दै उनले मंसिर महिनामै पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने स्पष्ट माग गरे ।
कोइरालाले भने, ‘कांग्रेसलाई नयाँ दिशा र नयाँ सम्भावनाको पार्टी बनाउने हो भने मंसिरमै महाधिवेशन गर्नुपर्छ। आगामी मंसिरमा नै कार्यतालिका ल्याइनेछ भन्नेमा म विश्वस्त छु।’
जेन–जी आन्दोलनको प्रसंग उठाउँदै उनले ज्यान गुमाएका युवाहरू र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली दिए । उनले राज्यले उनीहरूलाई उचित सुविधा दिनुपर्नेमा जोड दिए ।

