सोलुखुम्बुमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु



सोलुखुम्बु,२७ असोज । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा स्काभेटेर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ ।

गाउँपालिकाको वडा नं–२ लूजा खोलास्थित जलविद्युत् आयोजनाको निर्माणस्थलमा आइतबार स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी विकास राईले जानकारी दिए।मृत्यु हुनेमा सो जलविद्युत् आयोजनामा कार्यरत स्काभेटर अपरेटर समेत रहेका सिन्धुपाल्चोक फिक्कल गाउँपालिका–२ का २५ वर्षीय राजकुमार दोङको भएको राईले बताए ।

लूजा खोलामा निर्माणाधीन २६ मेगावाट क्षमताको जलविद्युत् आयोजना अन्तर्गत इन्टेक तर्फको बाटो खन्ने क्रममा प्रयोग भइरहेको एक्स्काभेटर करिब ३०० मिटर तल खसेको थियो। सोही दुर्घटनामा परि दोङको घटनास्थलमै मृत्यु बताईएको छ । दुर्घटनापछि स्थानीयबासी र आफन्तजन प्रहरी तत्कालै घटनास्थल पुगेका थिए।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
(सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्