कांग्रेस महाधिबेशन : आज पनि कांग्रेस मुख्यालयमा विभिन्न पदको मतगणना जारी



काठमाडौं,२८ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री (मधेशी) केन्द्रीय सदस्य (मधेशी खुला) र केन्द्रीय सदस्य (मधेशी महिला) पदको मतगणना बुधबार हुँदैछ ।

कांग्रेसको केन्द्रीय निर्वाचित समितिका अनुसार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बुधबार बिहान ८ बजेदेखि मतगणना हुनेछ ।

जारी मतगणना असोज २३ गते बेलुका ९ बजेदेखि सुरु भएको थियो। केन्द्रीय सदस्य पदका उम्मेदवारले भने आफ्नो सट्टा प्रतिनिधि पठाउन नपाउने बताइएको छ।

नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन अन्तर्गत बाँकी रहेका विभिन्न पदहरुको मतगणना आज पनि कांग्रेस मुख्यालय सानेपामा भइ रहेको छ । केन्द्रीय निर्बाचन समितिका अनुसार दलित,खस आर्य,आदिवासी जनजाति तर्फको सहमहामन्त्री तथा खुला र पेशागत तर्फका केन्द्रीय सदस्यहरुको मतगणना मंगलबारबाट सुरु भएको हो।

सहमहामन्त्री खस आर्यतर्फको मतगणनामा मनोजमणि आचार्य,आदिवासी जनजाति तर्फ बहादुर सिंह लामा,दलित तर्फ प्रकाश स्नेही रसाइली तथा खुला अनि पेशागत केन्द्रीय सदस्यमा चिरिबाबु महर्जन र डा. केदार नरसिंह केसीको अग्रता छ ।

प्रतिक्रिया दिनुहोस्