थुलुङ दुधकोशीमा बजार अनुगमन तीब्र,नेले बजारबाट३९ हजारभन्दा बढीका अखाद्य सामग्री बरामद गरी नष्ट
सोलुखुम्बु,२७ असोज । चाडपर्व नजिकिँदै जाँदा बजार अनुगमनलाई तीव्र बनाएको थुलुङ दूधकोशी गाउँपालिकाले मंगलबार नेले बजारमा अनुगमन गरी अखाद्य तथा म्याद गुज्रिएका सामग्री बरामद गरेको छ।

थुलुङ दूधकोशी गाउँपालिका–१ का वडाध्यक्ष घनराज सुनुवारको रोहवरमा २७ वटा पसल अनुगमन गर्दा ३९ हजार ३ सय ४० रुपैयाँ बराबरका अखाद्य तथा म्याद गुज्रिएका उपभोग्य सामग्री बरामद गरी नष्ट गरिएको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए ।बरामद गरिएका सामग्री सोही दिन वडाध्यक्ष सुनुवारको रोहवरमा जलाएर नष्ट गरिएको उनले बताए ।
गाउँपालिकाको बजार अनुगमन समितिले असोज २० गते गठन गरेको अनुगमन टोलीले गत साता यता विभिन्न मुख्य बजारमा अनुगमन गर्दै आएको छ।उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै बजारमा गुणस्तरहीन तथा म्याद गुज्रिएका सामग्रीको बिक्री–वितरण रोक्न अनुगमनलाई निरन्तरता दिइने कार्कीले बताए । file foto


