एमालेले मंसिर अन्तिम साता महाधिवेशन गर्ने, संसद विघटन असंवैधानिक ठहर
काठमाडाैँ,२६ असोज । नेकपा एमालेले मंसिर अन्तिम साता ११ औँ महाधिवेशन गर्ने निर्णय गरेकाे छ ।

आइतबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि निर्णयबारे जानकारी गराउँदै उपमहासचिव प्रदीप ज्ञवालीले महाधिवेशनको स्थानबारे केन्द्रीय कमिटी बैठकबाट निर्णय हुने जानकारी दिए । एमाले केन्द्रीय कमिटी बैठक असोज २९, ३०, ३१ गते बस्दैछ ।
एमालेले संसद् विघटनलाई असंवैधानिक मान्ने ठहर गरेको छ । बैठकले प्रतिनिधिसभा पुनस्थापन हुनुपर्ने माग गरेको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

