‘जेन जी’ आन्दोलन : क्षतिको विवरण पठाउन जाँचबुझ आयोगको आग्रह



काठमाडौँ,२६ भदौ । भदौ २३ र २४ मा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले आन्दोलनका क्रममा भएको सम्पत्ति क्षतिको विवरण पठाउन आग्रह गरेको छ ।

आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक दल, संघसंस्था र व्यक्तिहरूको सम्पत्ति क्षति सम्बन्धी विवरण माग गरेको हो । आयोगले सो विवरणका लागि एक औपचारिक ढाँचा (फर्म्याट) समेत पठाएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “आन्दोलनका क्रममा भएका क्षतिको प्रमाणका रूपमा फोटो, भिडियो वा अन्य कागजात उपलब्ध भए ती समेत संलग्न गर्न अनुरोध गरिन्छ ।”

आयोगले प्राप्त विवरणका आधारमा क्षतिको यथार्थ मूल्याङ्कन गरी प्रतिवेदन तयार पार्ने तयारी गरेको जनाएको छ । जेन जी आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरबार लगायत विभिन्न सरकारी कार्यालय,राजनीतिज दलका कार्यालय र नीजी घरमा तोडफोड तथा आगजनी भएको थियो।

प्रतिक्रिया दिनुहोस्