एमाले सचिवालय बैठक गुण्डुमा जारी, बाँकी पदाधिकारी तथा सदस्यले आफ्नो धारणा राख्दै
काठमाडौं, २६ असोज । नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक जारी रहेको हो ।

गत शुक्रबारदेखि सुरु भएको एमाले सचिवालय बैठक हिजो अध्यक्ष ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो । आज बैठक टुङ्ग्याउने तयारी रहेको बताइएको छ ।
सचिवालय बैठकले पार्टी महाधिवेशनको मिति तोक्ने र उक्त मितिलाई अनुमोदन गर्न केन्द्रीय समिति बैठक बोलाइने बताइएको छ । कूल १८ सदस्यीय सचिवालयमा गत शुक्रबार ९ जनाले आफ्नो धारणा राखेका थिए । आज बाँकी पदाधिकारी र सदस्यहरुले धारणा राख्ने र बैठक टुङ्ग्याइने पार्टी उपमहासचिव प्रदीय ज्ञवालीले बताए ।
आजको बैठकमा उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्मा अर्याल, लेखराज भट्टले धारणा राख्ने छन्।
यसअघि शुक्रबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, गुरु बराल, उपमहासचिव प्रदीप ज्ञवालीले धारणा राखिसकेका छन्।शुक्रबार बसेको बैठकको अधिकांश समय पार्टी पुनर्गठनको पक्षमा आफ्नो धारणा राखेका थिए।

