सरकारले ‘जेन जी’का नाममा छानीछानी दलका कार्यकर्ता र ‘बिदेशी एजेण्ट’संग छलफल गरिरहेको आरोप



काठमाडौँ ।‘जेनजी एलायन्स फर मोनार्की’ राजसंस्थालाई अभिभावकीय भूमिका प्रदान गरेर अघि नबढेमा देश नरहने निष्कर्ष निकालेका छन्।

देशमा राजसंस्था तथा राजसंस्थावादी शक्ति पनि एउटा शक्ति भएपनि वर्तमान सरकार र राजनीतिक नेतृत्वले वास्तविक देशभक्त र राष्ट्रवादी जेनजीहरूलाई निषेध गरेर बिदेशी एजेन्टहरुसंग हिमहिम गरेका कारण मुलुकको अस्तित्वमाथि प्रश्न उठिरहेको जनाएको छ ।अहिले राष्ट्रपति र प्रधानमन्त्रीले छलफलमा बोलाएका प्रतिनिधिहरू दलसँग आबद्ध विद्यार्थी सङ्गठनको टिकट लिएर चुनाव लडेका वा नेपालको हित विपरीत चलेका विदेशी आईएनजीओको सदस्य मात्र रहेको आरोप लगाउँदै सो समूहद्वारा शनिबार प्रकाशित बिज्ञप्तिमा देशभक्त जेन जी हरुलाई‘विद्रोहमा जान बाध्य’ नबाउन चेतावनी दिईएको छ ।

तर, आन्दोलनमा सहादत प्राप्त गर्ने शहीद र घाइते योद्धाहरूचाहिँ कुनै पनि भ्रष्ट नेता र दलसँग आबद्ध नभएको र विदेशी एजेन्ट आईएनजीओको सदस्य नभएको सो समूहको भनाइ छ । यसबाट लड्नेहरू सच्चा देशभक्त रहेको र मौकाको फाइदा उठाउनेहरू पुरानै भ्रष्टताको पक्षमा रहेको स्पष्ट हुने उनीहरूले दाबी गरेका छन्।

जेनजी एलायन्स फर मोनार्कीले आफूहरू बाहेकको कुनै पनि सहमति वा वार्ताले अर्को विद्रोह निश्चित हुने चेतावनी दिएको छ। उनीहरूले राष्ट्रपति, प्रधानमन्त्री, दलहरू र सञ्चारमाध्यम सबैलाई यथाशीघ्र सबै शक्ति समेटिएको अन्तरिम शासन विधान जारी गरी चुनाव पूर्व नै सर्वपक्षीय शान्तिपूर्ण सहमति खोज्न विनम्र निवेदन गरेका छन्।

प्रवक्ता सनातन रिजालद्वारा जारी अपिलमा एकपक्षीय वार्ताको षड्यन्त्र तत्काल रोक्न माग गर्दै,अन्यथा भविष्यमा हुने क्षतिको जिम्मेवारी सो प्रक्रियामा संलग्न सबै पक्षले लिनुपर्ने चेतावनी समेत दिइएको छ।

प्रतिक्रिया दिनुहोस्