युवा संघले पाएन मोटरसाइकल र्‍याली र सभा गर्न अनुमति



काठमाडौँ,२४ असोज । जिल्ला प्रशासन कार्यालय काठमाडौँले युवा संघलाई मोटरसाइकल र्‍याली र सभा गर्न रोक लगाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयले नेकपा एमाले सम्बद्ध सो संगठनलाई मोटरसाइकल र्‍याली र सभा गर्न रोक लगाएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले एक सूचना जारी गर्दै विभिन्न समूहबाट हुने भनिएका र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएकोले त्यस्ता कार्यक्रम गर्नका लागि स्वीकृति प्रदान नगर्ने निर्णय भएको जनाएका छन् ।

उनले पूर्व स्वीकृति विना कुनै प्रकारका कार्यक्रमहरू नगर्न नगराउन समेत आग्रह गरेका छन् । युवा संघले शनिबार काठमाडौँमा मोटरसाइकल र्‍याली र आयोजना गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्