ओली, लेखक र आफूलाई गिरफ्तार गर्न बालेन र सुदनले दबाब दिइरहेको महेश बस्नेतको आरोप



काठमाडौं,२२ असोज । नेकपा एमालेका नेता महेश बस्नेतले बालेन शाहको योजनामा केपी ओली, रमेश लेखक र आफूलाई पक्राउ गर्न प्रशासनलाई दबाब दिइएको आरोप लगाएका छन् ।

बुधबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै बस्नेतले बालेनको योजनामा ओली, लेखक र आफूलाई गिरफ्तार गर्न सुदन गुरुङजस्ता मान्छेहरूले प्रशासनलाई दबाब दिइएको आरोप लगाएका हुन् ।

उनले जेन-जी आन्दोलनका नाममा अन्तर्राष्ट्रिय शक्तिका एजेन्डाहरूले राज्य संयन्त्रलाई कब्जा गर्न खोजेको टिप्पणी गरे । सुदन गुरुङजस्ता मान्छेहरूलाई एम्बुस बनाएर पड्काउने प्रयास भएको उनको भनाइ छ । बस्नेतले बालेनको योजनामा नै नेताहरूको घरदेखि अन्य संरचनामा तोडफोड र आगजनी गराइएको बताए ।

अहिले पनि साइबर अपराधमार्फत लुटपाटका धन्दा चलिरहँदा गृह प्रशासन त्यसलाई संरक्षण गर्न लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्