‘जेनजी’ युवाले गरे अख्तियार प्रमुख राईको राजीनामा माग गर्दै प्रदर्शन, निवेदन समेत दर्ता
काठमाडौं,२१ जेठ । ‘जेनजी’ को एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेमकुमार राईलाई पदबाट राजीनामा दिन दबाब दिँदै प्रदर्शन गरेको छ ।

उनीहरुले काठमाण्डौको टंगालमा रहेको अख्तियार मुख्यालय पुगेर बिहान प्रदर्शन गरेका हुन् । उनीहरूले राईको राजीनामाको मागसहित निवेदन दर्ता गराएका छन् ।
प्रदर्शनलाई लक्षित गरी सुरक्षाकर्मीको तैनाथी बढाएको छ । प्रदर्शनमा सहभागीले नैतिकताको आधारमा अख्तियार प्रमुखले राजीनामा दिनुपर्ने बताएका छन् । जेनजी युवाहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका ५२ संवैधानिक पदाधिकारीहरुको नियुक्ति खारेज हुनुपर्ने माग गर्दै आएका छन् ।

