प्राकृतिक बिपद् : दुई दिनमा ५३ जनाको मृत्यु,२ हजार २३ घर परिवार विस्थापित



काठमाडौं,२० असोज । शनिबार र आइतबार दुई दिनसम्म परेकाे लगातारकाे वर्षापछिकाे बाढी,पहिरो र सवारी दुर्घटनामा परेर ५३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ६ जनाले पाँचथर जीप दुर्घटनामा ज्यान गुमाएका हुन् भने अरुले बाढी,पहिरो र चट्याङका कारण ज्यान गुमाएका हुन् ।

केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार, बाढी, पहिरोमा परेर २ हजार २३ घर परिवार विस्थापित भएका छन् भने १९ पशुचौपायाको मृत्यु भएको छ १९१ घर डुबानमा छन् ।

ज्यान गुमाउनेमध्ये सबैभन्दा धेरै इलामका छन् । डीआईजी समेत रहेका घिमिरेका अनुसार, इलाममा पहिरोमा परेर ३७ जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । ज्यान गुमाउनेमा १३ पुरुष, १४ महिला, ३ बालक र ८ बालिका छन् ।

प्रतिक्रिया दिनुहोस्