बिपद्का घटनामा परी दुई दिनमा गयो ४९ जनाको ज्यान



काठमाडौँ,१९ असोज ।पछिल्ला दुई दिन (शनिबार र आइतबार)भएका बिपदका घटनामा परी वर्षामा देशभर ४९ जनाको मृत्यु भएको छ।

शुक्रबारदेखिको विपद्का घटनामा इलाममा मात्रै ३७ जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले आइतबार दिउँसो उपलब्ध गराएको विवरणअनुसार इलाममा अझै १ जना बेपत्ता र ७ जना घाइते भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

यस्तै उदयपुरमा २, खोटाङमा १, पाँचथरमा ६, रौतहटमा ३ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा अधिकांश बाढी पहिरोमा परेका हुन् भने केहीको चाँही चट्याङ र दुर्घटनामा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्