हिन्दु समुदायमाथि मुस्लिमले आक्रमण गरेपछि तनाव,जनकपुरधामका केही स्थानमा कर्फ्यु आदेश जारी



जनकपुरधाम,१७ असोज । धनुषाको जनकपुरधाम उपमहानगरपालिका को विभिन्न स्थानमा कर्फ्यु आदेश जारी भएको छ ।

दशैं समापनपछि दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा मुस्लिम समुदायले ढुङ्गामुढा गरेपछि वडा नं २० देवपुरा रूपैठामा दुई समुदायबीच फेरि तनाब बढेपछि स्थानीय प्रशासनले साँझ ६:३० बजेदेखि वडा नम्बर २० को विभिन्न स्थानभित्र कर्फ्यू आदेश जारी
हो।

त्यस क्रममा तेलिया पोखरीको डिलमा बनाएको टहरा आगजनी समेत भएको छ ।आक्रोशित भीडले केही अर्को समुदायको घरमा समेत आगजनीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव यादवले जानकारी दिए ।

त्यस क्रममा प्रहरीले झडप नियन्त्रणमा लिन र थप क्षति हुन नदिन २३ सेल अश्रुग्यास प्रहार गरेको छ । झडपका क्रममा ढुङ्गामुढाबाट केही प्रहरी र स्थानीय समेत घाइते भएका छन् ।

गत भदौ दोस्रो साता मात्रै गणेश पूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदाय बीच झडप भएको थियो । एक समुदायले पोलमा राखेको झण्डा अर्को समुदायले हटाउन खोज्दा विवादपछि दुवै समुदायको झन्डा हटाइएको थियो ।

भदौ १६ गते मात्र सर्वपक्षीय बैठक बसेर विभिन्न निर्णयसँग‌ै सद्भाव कायम गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्