सोलुखुम्बुको जुभिङ्गमा खुकुरी प्रहार, तीनजना गम्भीर घाइते
दीप खालिङ,सोलुखुम्बु,१५ असोज । माप्य दुधकोसी गाउँपालिका–१, जुभिङ्ग आज बिहान करिब ८ बजे माप्य दुधकोसी गाउँपालिका–१,जुभिङ्गमा भएको खुकुरी प्रहार घटनामा तीनजना गम्भीर घाइते भएका छन्।

स्थानीय मङ्गलमान राईले आफ्नै घरमा पत्नी अनिता राई, छिमेकी नौस्वर राई र नेप्टे बि.क.लाई खुकुरी प्रहार गरेका हुन्। घटनामा संलग्न मङ्गलमान राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका तीनै जनालाई प्राथमिक उपचारपछि हेलिकप्टरमार्फत काठमाडौँस्थित ट्रमा सेन्टर लगिएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फोटो :सामाजिक सञ्जाल

