लागुऔषधको अबैध कारोबार गर्दै आएको समूह सल्लाघारीबाट पक्राउ

भक्तपुर, २४ भाद्र। कन्टेनरमा लागु पदार्थ ओसारपसार गरि अबैध कारोबार गर्दै आएको एउटा समूह पक्राउ पक्राउ परेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बार्हबिसेका ३६ बर्षीय बिष्णु प्रधान, भोटेकोसी गाउँपालिकाका ३२ बर्षीय बर्षीय शंकर खड्का र सोही जिल्लाका ३७ बर्षीय डम्बर बहादुर बस्नेत रहेका छन।उनीहरूले कण्टेनरमा लागु औषध ओसारपसार गरि कारोबार गर्ने गरेको सूचनाका आधारमा सुर्यबिनायक नगरपालिकाको सल्लाघारीबाट उनीहरूलाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिनुभयो।

सल्लाघारीस्थित अरनिको राजमार्गमा कण्टेनर रोकी राखेको अस्थामा महाशाखा तथा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको संयुक्त टोलिले उनीहरुलाइ पक्राउ गरेको हो। एसएसपी थापाका अनुसार मंगलबार बिहान पक्राउ परेका उनीहरू चलाउंदै आएको कण्टेनर खानतलासी गर्दा दुइवटा जेब्रा झोलामा आइजापाम दुई हजार ९ सय ५० एम्पुल , नाइट्रोभेट ३ हजार एम्पुल,प्रोमाथाजिन, २ हजार ९ सय ५० एम्पुल,बुप्रेनोर्फिन १ हजार ५ सय एम्पुल र नुफिन १ हजार ४ सय एम्पुल बरामद गरिएको छ।

