अस्ट्रेलियामा ग्लोबल स्ट्यान्डिङ कमिटी गठन
मेलबर्न। मेलबर्न,अस्ट्रेलिया – हिमालयन आउट्रीच अन्तर्राष्ट्रिय अस्ट्रेलिया र ग्लोबल अलाइन्स अफ अमेरिकाको संयुक्त पहलमा ग्लोबल स्ट्यान्डिङ कमिटी गठन गरिएको छ। अस्ट्रेलियाको मेलबर्नमा आयोजित विशेष भेलाले काशि अधिकारी लामिटारको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ।

समितिमा उपाध्यक्षद्वय नवल खडका,उर्मिला तामाङ,लिला ढकाल, सचिव डा. प्रदीप बास्तोला, कोषाध्यक्ष डम्बर काफ्ले,सदस्यहरू डा. ओमकृष्ण प्रसाई,डिएन घिसिङ,हरि दत्त कंडेल,रचना श्रेष्ठ, खिम बहादुर घर्ती,पवन कंडेल,बाल ब्यास,श्रवण न्यौपाने आदि रहेका छन् । ग्लोबल स्ट्यान्डिङ कमिटीले दिगो विकास,अन्तर्राष्ट्रिय सहकार्य र शान्ति प्रवर्द्धनलाई आफ्नो प्रमुख लक्ष्य बनाएको छ।
भावी कार्यक्रमहरू साझा सम्मेलन मे २०२५,ओहायो, अमेरिका अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न अमेरिका र अन्य देशका संस्थाहरूसँग छलफल गर्ने संस्थाका उपाध्यक्ष तथा निर्माता नवल खडेकाले जानकारी गराएका छन् । खड्काका अनुसार ग्लोबल समिट ‘अक्टोबर २०२५ नेपाल’ नेपालमा अन्तर्राष्ट्रिय नेतृत्व, नीति निर्माताहरू, र व्यावसायिक समुदायको सहभागितामा ग्लोबल समिट आयोजना गर्ने छ।
विशेष निर्णयमा जिम ग्यासवर्टलाई समितिको सल्लाहकार पदमा नियुक्त गरिएको छ। भविष्यमा थप अन्तर्राष्ट्रिय कार्यक्रमहरू गर्ने योजना अघि सारिएको छ।
ग्लोबल स्ट्यान्डिङ कमिटीको गठनले नेपाल, अस्ट्रेलिया, अमेरिका र अन्य देशहरू बीचको कूटनीतिक, व्यापारिक, शैक्षिक र सांस्कृतिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने संस्थाको लक्ष्य छ ।

