‘जेन जी’ पुस्ताको भोलिको प्रदर्शनलाई बालेन र प्रसाईंको समर्थन



काठमाडौं,२२ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ‘जेन जी’ पुस्ताले भोलि गर्ने भनेको आन्दोलनलाई समर्थन गर्ने भएका छन् ।

१३ देखि २८ वर्ष उमेर समूहका व्यक्तिहरूले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भोलि गर्न लागेको प्रदर्सनमा आफू २८ वर्ष पार भएका कारण प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको उल्लेख गरेका हुन्।

सामाजिक सञ्जाल टिकटकमा चलेको ट्रेन्ड अनुसार भोलि ११ बजे हुने प्रदर्शनमा १९९७ देखि २०१२ को बीचमा जन्मिएको जेन्जी पुस्ता
विद्यार्थीको पोशाक लगाएर,परिचय पत्रसहित कम्तीमा एउटा किताब र एफोर साइजको खाली कागजसहित सहभागी हुने छ ।

राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले पनि आन्दोलनलाई आफ्नो समर्थन रहेको बताउंदै आफुपनी सहभागी हुने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्