७१ बर्षीय बृद्दसहित ३ जना जबर्जस्ती करणी अभियोगमा पक्राउ
काठमाडौं,९ भदौ । करणी अभियोगमा झापाबाट २ जना र नुवाकोटबाट एकजना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा झापाबाट २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका-७ बस्ने ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्न बहादर तामाङ रहेका छन् । उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस्तै नुवाकोटकी १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमाम बिदुर नगरपालिका-३ मैरीटार बस्ने ३५ वर्षीय बाबुराम माझीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । माझीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी देवीघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

