मिस्टर एण्ड मिस इस्टपोल ग्रान्ड फिनाले सिजन–१ तथा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौं,८ भदौ । नेपाल पुलिस क्लबमा सीएस इन्टरटेन्मेन्ट नेपाल र गोकर्णेश्वर–५,नारायणटारस्थित ईस्टपोल सेकन्डरी स्कूलको सह-आयोजनामा ‘मिस्टर एण्ड मिस इस्टपोल ग्रान्ड फिनाले सिजन–१ तथा सम्मान कार्यक्रम–२०८२’ उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

५३ जना विद्यार्थीहरूले सहभागिता जनाएको प्रतियोगिता रोचक र मनोरञ्जनपूर्ण बनेको थियो । राष्ट्रिय सभा सदस्य विष्णु देवी पुडासैनीको प्रमुख आतिथ्यितामा सम्पन्न प्रतिस्पर्धात्मक कार्यक्रममा बिजय हुनेहरुमा विदुषी शाह‘महिला’,नूर दाहाल‘पुरुष’,फस्ट रनरअप छोंगी लामा‘महिला’,फस्ट रनरअप डेरियस महतो ‘पुरुष’, सेकेन्ड रनरअप बियाङ्का रोशन पौडेल‘महिला’,ह्यान्सन लामा ‘पुरुष’,पबिल्क च्वाइस बिजेता कृषा राउत‘महिला’,नमन्य लोप्चन ‘पुरुष’,दर्शक छनौट लछेन घिसिङ ‘महिला’,डेस्मन्ड घिसिङ ‘पुरुष’रहेका छन् ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका–५ का सदस्य धर्म थिङ लामा, दुर्गा राना मगर, कमला नेपाली, साथै ईस्टपोल स्कूलका निर्देशक कुशल थापाको उपस्थिति रहेको थियो ।
सीएस इन्टरटेन्मेन्ट नेपालद्वारा सम्मानित हुनेहरुमा टेक बहादुर तामाङ ‘एआइजीनेपाल प्रहरी’, दिवाकर भण्डार‘लेखक तथा निर्देशक’, राजेन्द्र कुमार खनाल‘संस्थापक अध्यक्ष, न्युलाइफ नेपाल’ रहेका छन् ।
त्यसैगरी निर्णायक तथा सम्मानित व्यक्तित्वका रूपमा वरिष्ठ अभिनेत्री भुवन चन्द,युवा साहित्यकार भीष्मराज फुलारा,गायक लाक्पा शेर्पा, मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठ,मोटिभेसनल स्पिकर अशोक कुमार दाहाल, पत्रकार तथा कराँतेका राष्ट्रिय रेफ्री करण तामाङ र बाल अधिकार परिषद्का उपाध्यक्ष बम बहादुर बानियाँ उपस्थित थिए ।
कार्यक्रम संयोजक कलाकार छिरिङ शेर्पाले कार्यक्रममा आफ्नो अनुभव साझेदारी गर्दै विद्यार्थीहरूलाई निरन्तर मेहनत,आत्मविश्वास र सकारात्मक सोचले मात्र जीवनमा सफलता सम्भव हुने प्रेरणादायी सन्देश दिएकी थिइन ।

