नेपाल पर्वतारोहण संघको अध्यक्षमा शेर्पा निर्बाचित
काठमाडौं,८ भदौ ।नेपाल पर्वतारोहण संघ (NMA)को निर्वाचनमा प्रतिद्वन्दी कुलबहादुर गुरुङलाई पराजित गर्दै अध्यक्षमा फुर्वा गेल्जे शेर्पा बिजयी भएका छन् ।

शनिबार सम्पन्न निर्बाचनमा प्रथम उपाध्यक्ष र एक सदस्य पदबाहेक अन्य सबै पदमा शेर्पा समूहका उम्मेदवार विजयी भएको निर्बाचन समितिले जनाएको छ ।
कस्ले कति मत ल्याए ?
अध्यक्ष
• फुर्वा गेल्जे शेर्पा : ३४२ (विजयी)
• कुलबहादुर गुरुङ : २८८
वरिष्ठ उपाध्यक्ष
• इश्वरी पौडेल : ३४५ (विजयी)
• टिका गुरुङ : २५८
प्रथम उपाध्यक्ष
• मिङ्मा ग्याबो शेर्पा : ३५९ (विजयी)
• काजी शेर्पा : २५६
द्धितीय उपाध्यक्ष
• बोधराज भण्डारी : ३६८ (विजयी)
• धनबहादुर गुरुङ : २३८
महासचिव
• राजेन्द्रबहादुर लामा : ३१८ (विजयी)
• विमल नहर्की : २०९
• शिव सापकोटा : ६८
सचिव
• चन्दन थापा : ३५८ (विजयी)
• ङिमा दिकी शेर्पा : २४४
कोषाध्यक्ष
• ङिमा नुर्बु शेर्पा : ३०४
• सुमी लामा : ३०४
(बराबरी भएपछि सहमतिअनुसार आधा–आधा कार्यकाल गोलाप्रथाबाट गर्ने निर्णय भएको)
सदस्य (विजयी)
• माधवकुमार धमला : २७८
• केदार न्यौपाने : ३०२
• थुप्देन शेर्पा : ३२६
• गोकुल थापा : २८८
• मुलाल गुरुङ : ३५१
• देण्डी शेर्पा : ३११
• विक्रम कार्की : ३०६
• रिञ्जे शेर्पा : ३०१
• देवेन्द्र डंगोल : २९५
• दिकी शेर्पा : २८८
• निशा भोटे : ३०७

