स्वास्थ्यमन्त्री ढकालकै परिवारका एक सदस्यलाइ कोरोना



काठमाडौं, २१ भाद्र । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको नेतृत्व गरिरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका परिवारका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ। एक ब्यांकमा कार्यरत मन्त्रीका परिवारका सदस्यमा संक्रमण पुष्टि भएको हो।

परिवारका सदस्यमा संक्रमण भएपछि मन्त्री ढकालसहित परिवारका सदस्य मन्त्रीको सरकारी निवासमै होम क्वारेन्टिनमा बसेका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मन्त्रीका आफन्त संक्रमित भएकाले क्वारेन्टिनमा बसेको पुष्टि गरे।

प्रतिक्रिया दिनुहोस्