निषेधाज्ञा तोडेर रथ तान्न उर्लियो जनसागर, झडपमा केही घाइते

ललितपुर १८, भाद्र । जारी निषेधाज्ञाको उल्लंघन गर्दै ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ तान्न हजारौंको भीड उर्लिएको छ।कोरोना कहरको बेवास्ता गर्दै सर्बसाधारणहरु रथ तान्न सडकमा निस्किए पछि भएको झडपमा प्रहरी तथा स्थानीय दुबै तर्फ घाइते भएका छन।
रथ तान्ने क्रममा प्रहरी र स्थानीय युवाबीच झडप भएको थियो ।भीड नियन्त्रणका लागी प्रहरीले पानी को फोहोरा प्रयोग गरेपछि दुइ पक्ष बीछ झडप सुरु भएको थियो। स्थिति नियन्त्रणका लागि प्रहरीले हवाई फायर समेत गरेको छ। उता पुल्चोकमा मोटरसाइकलमा हिंडिरहेका ट्राफिक प्रहरी कमलप्रसाद घिमिरेमाथि भिडले निर्घात कुटपिट गरेको हो । उनी महागनरीय ट्रफिक प्रहरी प्रभाग मंगलबजारबाट ड्युटीमा खटिएका थिए ।
उनी बिहानैदेखि पाटनमा ड्युटीमा खटिएका थिए । उनीमाथि कुटपिट भएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ । भिडले उनीमाथि कुटपिट गर्दै मोटरसाइकल लडाउँछ । भिडबाट भाग्दै गरेका उनलाई अर्को समूहले समातेर फेरि कुटपिट गर्छ भने उनको सवारी साधनसमेत तोडफोड गर्छ ।
घाइते अवस्थामा उद्दार गरिएका घिमिरेको अलका अस्पतालमा उपचार भइएको छ । उनको टाउको र हातमा चोट लागेको छ । महामारीको समयमा ड्यूटीमा खटिएका जवानमाथि आक्रमण गर्नेहरुको खोजी भइरहेको ट्राफिक महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिएका छन् ।

