सर्बोच्चको न्यायाधीशका लागि तीनजनाको नाम सिफारिस



काठमाडौं,२७ जेठ । न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन न्यायाधीश सिफारिस गरेको छ। जसमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल पहिलो नम्बरमा सिफारिसमा परेका छन्।

उच्च अदालतका मुख्य न्यायाधीशद्वय श्रीकान्त पौडेल र शान्ति सिंह थापा पनि सर्वोच्चको न्यायाधीश सिफारिसमा परेका छन्।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षमा मंगलबार बसेको न्याय परिषद्को बैठकले यो निर्णय गरेको हो।अब संसदीय सुनुवाइपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्नेछन्।

वरिष्ठ अधिवक्ता पोखरेल सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पनि हुन्। उनी व्यावसायिक तथा वाणिज्य कानुनका विज्ञ मानिन्छन्।

सर्वोच्चमा ४ न्यायाधीश पद खाली भए पनि अहिले ३ जना मात्रै नियुक्तिका लागि सिफारिस भएका हुन्।

प्रतिक्रिया दिनुहोस्