दलाल र विचौलियाविरूद्ध संघर्ष गरेकै कारण सरकारबाट हट्नुपर्‍यो : प्रचण्ड



काठमाडौं,३ जेठ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलाल र विचौलियाविरूद्ध संघर्ष गरेकै कारण आफू नेतृत्वको सरकारलाई हटाइएको बताएका छन्।

माओवादी केन्द्रको जनतासँग माओवादी-मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियानका क्रममा शनिबार डोटीको दिपायलमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो दावी गरेका हुन।

यद्यपि माओवादी केन्द्रलाई तीन-तीन पटकसम्म सरकारमा पुर्‍याउने कांग्रेस र एमाले नभएको उनको भनाई थियो।’हामीलाई सिंहदरबारमा पुर्‍याउने,विस्तृत शान्ति सम्झौतामा पुर्‍याउने,हामीलाई तीन-तीन पटक सरकारको नेतृत्व गर्ने ठाउँमा पुर्‍याउने कांग्रेसहरू एमाले होइन। गरिब,मजदुर किसान र उत्पीडित वर्ग,समुदायले पुर्‍याएको हो,’ उनले भने।

तर यसबीचमा जति जनताको नजिक जानुपर्ने र उनीहरूको कुरा सन्नुपर्ने हो, त्यहाँ कमजोरी भएको अध्यक्ष प्रचण्डले बताए।’त्यो आत्मसमीक्षा गरेर फेरि तपाईंको साथमा तपाईंहरूका पीडा सुनेर त्यसलाई राष्ट्रव्यापी रूपमा स्थापित गर्ने उद्धेश्यका साथ आएका छौं,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्