कोरोनाका कारण धेरै मृत्यु हुनेको सुचीमा भारतको तेस्रो स्थान



एजेन्सी ।कोरोना संक्रमणबाट सबैभन्दा धेरै मृत्यु हुने मुलुकको सूचीमा भारत तेस्रो नम्बरमा आइपुगेको छ। शुक्रबार भारतमा १ हजार १८ जनाको मृत्यु भएसँगै भारत तेस्रो नम्बरमा परेको हो। भारतमा ६२ हजार ७ सय १३ संक्रमितको मृत्यु भएको छ।

भारतभन्दा अगाडि अब ब्राजिल र अमेरिकामात्र छन्। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा १ लाख ८१ हजार ७ सय ४ र ब्राजिलमा १ लाख १९ हजार ५ सय ४ जनाको मृत्यु भएको छ भने मेक्सिकोमा ६२ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्