वाईसीएल सोलुखुम्बुको तेस्रो जिल्ला सम्मेलन सम्पन्न,विवेक राईको नेतृत्वमा बन्यो नयाँ समिति
सोलुखुम्बु,१ जेठ । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम् सोलुखुम्बु जिल्ला इन्चार्ज हेमकुमार राई ‘सूरबीर’ को प्रमुख आतिथ्यमा बिहिवार सदरमुकाम सल्लेरीमा सम्पन्न सम्मेलनले विवेक राईको अध्यक्षतामा सर्बसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ।
कार्यसमितिको उपाध्यक्षत्रयमा प्रबीण राई (नेचासल्यान),दोर्जी तामाङ मिङमार र अनिल राई,सचिबमा नवराज राई,सहसचिव त्रयमा गणिता राई,सोनाम रसाईली र आङ्निमा शेर्पा तथा कोषाध्यक्षमा पूर्णिमा तामाङ चयन भएको नेकपा माओवादी केन्द्रका युवा नेता भूपेन्द्र कटेलले जानकारी दिए।
रञ्जना तामाङ,कृष्ण क्षेत्री,अर्जुन मगर,कुल बहादुर राई,दिपक बिक,पासाङ तामाङ,सागर तामाङ,पञ्चबीर ठोकर,राजकुमारी कार्की,डेविड राई,बिराज राई,निमेष बिक,प्रबिण राई थुलुङ,प्रज्वल राई र अमित बिक सदस्यमा चयन भएको कटेलले बताए।
सम्मेलनको उद्घाटन सत्रलाई प्रमुख अतिथि राई, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ङिमा तेण्डुप शेर्पा,प्रदेश सचिवालय सदस्य एबम् जिल्ला सह इन्चार्ज अशिम राई,प्रदेश सचिवालय सदस्य महेन्द्र राई ‘महेश’,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक नाम्गेल शेर्पा लगायतले सम्बोधन गरेका थिए।

