काठमाडौंको मखनटोलको एक घरमा आगलागी हुँदा एक महिलाको मृत्यु




सांकेतिक तस्बिर
काठमाडौं,३१ बैशाख। काठमाडौं महानगरपालिका- २४ स्थित मखनटोलस्थित एक घरमा आगलागी भएको छ।

मखनटोल गल्लीस्थित दयाराम श्रेष्ठको चारतले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्यास लिक हुँदा रहेको रुकेश श्रेष्ठको पाँचतले पक्की घरमा आगलागी भएको हो।आगलागीमा परी एकजना महिलाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज बोहराले जानकारी दिए ।
आगो नियन्त्रणका लागि प्रहरी टोली, नेपाल आर्मी र सशस्त्र प्रहरी बलको टोली र ट्ठथानीय बासिन्दा खटिएका छन्। जुद्ध बारुणयन्त्र, काठमाडौं र ललितपुर महानगर लगायतको ६ वटा दमकलबाट आगो निभाउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

आगो अझै नियन्त्रणमा आएको छैन। आगलागी भएको घरमा रहेकाको उद्धार गरेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्