मिश्रलगायत २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतले थप्यो म्याद




फाईल तस्बिर
काठमाडौं । रवीन्द्र मिश्रलगायत २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले ४७ दिन हिरासतमा बसिसकेका मिश्रलाई अझै ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। चैत १५ को तीनकुनेमा भएको राजावादी आन्दोलनलाई हिंस्रक बनाउन भूमिका खेलेको आरोप लगाउँदै सरकारले मिश्र,दुर्गा प्रसाईं,लगायतलाई राज्यविरुद्धको कसुरमा प्रहरीले अनुसन्धान गरिराखेको छ।

पाँच दिनअघि उनीहरूलाई आपराधिक उपद्रवको अर्को मुद्दा पनि थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्