‘सगरमाथा संवाद’ का लागि भारतले उपहार दिएका १५ युनिट कर्भ ईभी हस्तान्तरण



काठमाडौं,३० बैशाख । नेपालले आयोजना गर्न गइरहेको ‘सगरमाथा संवाद’ सहज बनाउन भारतले नेपाललाई १५ युनिट कर्भ ईभी उपहार प्रदान गरेको छ ।

ती ईभी नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तले सोमबार परराष्ट्रमन्त्री डा. आरजु राणालाई हस्तान्तरण गरे । मित्रता र सद्भावनाको एक महत्त्वपूर्ण संकेतका रूपमा ईभी उपहार दिइएको भारतीय दूवातासले जनाएको छ ।

‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ भन्ने विषयमा २–४ जेठमा काठमाडौंमा हुन लागेको ‘सगरमाथा संवाद’ को पहिलो संस्करणको प्रभावकारी आयोजनालाई सहजीकरण गर्न नेपाल सरकारलाई लजिस्टिक सहयोगका लागि भारतका तर्फबाट उपहार स्वरूप यी सवारीसाधन प्रदान गरिएको हो ।

कर्भ ईभी हस्तान्तरण समारोहमा बोल्दै राजदूत श्रीवास्तवले यी सवारीसाधनले संवादको समयमा अतिथि र अधिकारीको आवागमन सहज बनाउन मद्दत गर्ने कुरा उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्