स्वार्थ समूहसंग मेरो चिनजान छैन : प्रधानमन्त्री ओली



काठमाडौँ, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पुुँजीवाद (स्वार्थ समूह) सँग आफ्नो चिनजान नरहेको स्पष्ट गर्नुृभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले भन्नुुभयो, “पुुँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो ।

अहिलेको सरकारले पुँजीवादलाई प्रश्रय दिँदैन । पैसाले होइन, हाम्रा लागि मान्छे महत्वपूूर्ण हो ।’’

प्रतिक्रिया दिनुहोस्