सामाजिक सञ्जाल दुरुपयोग गरी ठगी गर्ने सातजना पक्राउ



धनुषा,२५ वैशाख । सामाजकि सञ्जालको दुरुपयोग गरी ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका-१ बस्ने २३ वर्षीय सुरज साह,क्षरिश्वरनाथ नगरपालिका-२ बस्ने २२ वर्षीय श्याम सुन्दर महरा,सोही नगरपालिका-१ बस्ने २० वर्षीय राम कुमार महरा, सर्लाही बरहथवा नगरपालिका-७ बस्ने २२ वर्षीय नतिश कुमार साह, महोत्तरी गौशाला नगरपालिका-१ बस्ने २२ वर्षीय रोशन साह,२१ वर्षीय सुधरि कुमार महतो गौशाला नगरपालिका-२ बस्ने १९ वर्षीय अमित साह रहेका छन् ।

इन्स्टाग्राम, टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत सर्वसाधारण नागरिकलाई अनलाइन माध्यमबाट विभिन्न किसिमको मोबाइल तथा लत्ताकपडाहरु लगायतका सरसामान सस्तोमा दिने बिश्वासमा पारी ठगी गरिरहेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरूले हालसम्म २१ वटा सामाजिक सञ्जाल एकाउन्ट तथा पेजहरूको प्रयोग गरी ठगी गरेको,सामाजकि सञ्जालमा पोष्ट गरुएका सामानहरूको फोटो तथा भिडियोहरूबाट सर्वसाधारण नागरिकले उक्त सामानहरू खरिद गर्ने भनि सम्पर्क गर्दा अग्रीम भुक्तानी गर्नुपर्छ भर्ना रकम पठाउन लगाउने गरेको,सर्वसाधारण नागरिकको नाममा बैंक,वित्तीय संस्था तथा वालेट खाता खोल्न लगाई सोही खाताहरूमा अनलाइन माध्‌यमबाट रकम पठाउन लगाएको प्रारम्भकि अनुसन्‌धानको क्रममा खुल्न आएको छ।

साथै उनीहरुको साथबाट बरामद भएको मोबाइलबाट बिभिन्न बैंक बित्तीय संस्था तथा वालेट आईडी समेत गरी १ सय ८७ वटा खाताहरूको विवरण फेला परेको र उक्त खाताहरूबाट हाल सम्म २ करोड ६३ लाख ९३ हजार १ सय ९१ रुपैयाँ ८ पैसा कारोबार भएको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ।

उनीहरू उपर ठगी कसूरमा जिल्ला अदालत धनुषाबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गररिहेको छ ।

प्रतिक्रिया दिनुहोस्