राजसंस्था र हिन्दु राष्ट्रका लागि जेठ १५ देखि निरन्तर आन्दोलन, के छ घोषणामा?
काठमाडौं,२५ बैशाख । राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलन घोषणा भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन,राप्रपा नेपालका अध्यक्ष कमल थापा,राष्ट्रिय शक्ति नेपालका संयोजक केशरबहादुर बिष्ट लगायतको उपस्थितिमा बिहीबार राजसंस्था पुनर्स्थापनाका लागि गठित समितिका संयोजक नवराज सुवेदीले राजधानीमा पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् ।
‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं,’ सुवेदीले पत्रकार सम्मेलनमार्फत भनेका छन्, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ ।’
यस्तो छ घोषणा:





