२५६९ औं बुद्ध जयन्ती दक्षिण कोरियामा पनि मनाईने
दावा जाङ्बु शेर्पा, काठमाडौं,२५ बैशाख । २५६९ औं बुद्ध जयन्ती दक्षिण कोरियामा बसोबास गर्ने नेपाली समुदायले विशेष कार्यक्रम गरि मनाउने भएका छन् ।

नेपाली सम्पर्क समिति दक्षिण कोरिया,नेफिन कोरिया,नेपाल बौद्ध परिवार दक्षिण कोरिया तथा प्रदेश संस्थाहरूको संयुक्त आयोजनामा ११ मे मा कार्यक्रम आयोजना गर्न लागिएको हो।नेपाल सम्पर्क समितिका कार्यबाहक अध्यक्ष हर्क बिष्टका अनुसार कार्यक्रम 경기 용인시 처인구 해곡동 224-4 와우정사 मा दिउंसो १२ बजे आयोजना हुनेछ।
कार्यक्रममा उपस्थित भई बुद्ध जयन्तीलाई भव्य र ऐतिहासिक बनाउन उनले कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेका छन्।

