रहेनन् बामपन्थी नेता प्रदीप नेपाल
काठमाडौँ,२३ बैशाख । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ।

उपचारका क्रममा मंगलबार दिउँसो नेता नेपालको ७१ वर्षको उमेरमा निधन भएको अस्पतालले जनाएको छ।थापाथालीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेपाललाई आइसीयूमा राखेर उपचार हुँदै थियो।
नेकपा एमालेका नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए। २०५१ सालमा तत्कालीन मनमोहन अधिकारी नेतृत्वको सरकारका सूचना तथा सञ्चारमन्त्री तथा २०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारका शिक्षा तथा खेलकुदमन्त्री रहेका नेपाल केही वर्षदेखि उनी राजनीतिक गतिविधिमा निष्क्रिय थिए।

