शेर्पाहरुको उपथर(रु)लाई नामको बीचमा लेख्न शेर्पा समुदायलाई विश्व शेर्पा संघको आग्रह
दावा जाङ्बु शेर्पा,काठमाडौं,२३ बैशाख । विश्व शेर्पा संघले शेर्पाहरुको उपथर (रु) लाई नामको बिचमा (middle name) लेख्न तथा लेखाउन शेर्पा समुदायलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

अध्यक्ष थेन्डुप शेर्पाको अध्यक्षतामा आईतवार बसेको नियमित बैठकले हालसम्म भैरहेका संघका निर्णयहरुको कार्यन्वयन सम्बन्धमा समिक्षा गर्दै सो अनुरोध गर्ने निर्णय गरेको संघका महासचिव आङ जाङ्बु शेर्पाले जानकारी दिए।शेर्पाहरुको उपथर ‘रु’ समितिलाई बजेट उपलब्ध गराई स्थलगत अध्ययन गरी प्रतिबेदन तयार गर्न तत्काल काम सुरु गराउने निर्णय भएको पनि उनलेे बताए।
शेर्पाको धार्मिक, सांस्कृतिक कार्य, पूजापाठ आदि हुने गुम्बा तथा अन्य स्थानहरुमा शेर्पा भाषा तथा शेर्पा पोशाक प्रयोग गरी भाषा, संस्कृतिको संरक्षण गर्न प्रथामिकता दिन शेर्पा समुदायलाई अनुरोध गर्ने निर्णय गर्दै बैठकले शेर्पा किदुग न्युयोर्कका पुन:निर्बाचित अध्यक्ष ई. श्री तेम्बा शेर्पा तथा उहाको कार्य समिति,अल ईन्डिया बुद्धिस्ट शेर्पा एशोसियसनका अध्यक्ष चयन हुनु भएका विश्व शेर्पा संघ प्रबक्त तथा डेन्जोङ शेर्पा एशोसियसनका निबर्तमान अध्यक्ष श्री दोर्जी पिनासा शेर्पा तथा उहाको कार्य समिति र नेपाल शेर्पा महिला संघका भर्खरै सम्पन्न अधिबेशनबाट अध्यक्ष चयन हुनु भएका श्रीमति थाक्ची शेर्पा तथा उहाँको कार्य समितिलाई बधाई तथा शुभकामना ब्यक्त गरेको महासचिव शेर्पाले बताए।

