रक्षामन्त्री राईसंग जर्मनीका चार्ज डी अफेयर्स ए.आई. डा. माइकल कोचको शिष्टाचार भेट



काठमाडौं,२३ बैशाख । रक्षामन्त्री मानवीर राईसँग नेपालका लागि जर्मनीका चार्ज डी अफेयर्स ए.आई. डा. माइकल कोचले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

डा. कोचले मंगलबार रक्षा मन्त्रालयमा पुगि मन्त्री राईसंग शिष्टाचार भेटवार्ता गर्नुभएको हो।

भेटवार्ताका क्रममा वहाहरुबीच नेपाल-जर्मनी पारस्परिक सम्बन्ध र जर्मनीको राजधानी बर्लिनमा आयोजना हुने संयुक्त राष्ट्र संघीय शान्ति मिसन बैठकका बिषय बस्तुबारे छलफल भएको रक्षामन्त्री राईका प्रमुख स्वकीय सचिब बच्चु नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

जर्मनीको आयोजनामा यही मे १३ र १४ तारेखमा आयोजना हुने सो मिसन बैठकमा बिश्वका १५० राष्ट्रको सहभागीता रहने चार्ज डी अफेयर्सले सो अवसरमा जानकारी गराउनु भएको थियो।

प्रतिक्रिया दिनुहोस्