मुसाको मासु २ सय रुपैयाँमा किनबेच

एजेन्सी ।भारतको उत्तरपूर्वी क्षेत्रमा कुखुरा र सुँगुरको मासु सबैभन्दा धेरै मन पराइन्छ । तर आजकाल त्यहाँका मानिसहरुले धेरै जीवको मासु खान थालेका छन् । वास्तवमा असमको बक्सा जिल्लाको कुमारिकता गाउँको मानिसहरुले खेती गरेर जीविका चलाउने गर्दै आएका थिए । दैनिक रातमा मुसाले अन्न खाएर सताउने गथ्र्यो । मुसाले हैरान पारेपछि किसानले उपाय निकालेर हरेक रातमा मुसाको शिकार गर्ने निर्णय गरे ।

रातभरी मुसा मारेर बजारमा बेच्न लैजान थाले । विस्तारै मुसाको मासुको बारेमा सबैले थाहा पाएर बजारमा माग बढ्न थाल्यो । कुखुरा र सुँगुरको मासु खान छाडेर हाल मुसाको मासुको माग धेरै आउने गर्छ । त्यहाँका मानिसहरुले मुसाको मासुको परम्पारिक भोजन बनाएर खाने गर्छन् ।
हाल मुसाको मासुको मुल्य २ सय रुपैयाँसम्म खरिद बिक्रि गर्ने गरेका छन् । सुँगुर र कुखुराको भन्दा मुसाको मासुलाई धेरैले मन पराएका छन् । मुसाको नयाँ स्वाद भएकोले पनि धेरै मानिसहरुको पछिल्लो समय रोजाईमा परेको हो ।

