थुलुङ दुधकोशीमा सुबास संगम राईको संयोजकत्वमा १३ सदस्यीय प्रज्ञा प्रतिस्ठान गठन



सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले सुबास संगम राईको संयोजकत्वमा १३ सदस्यीय थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठान गठन गरेको छ ।

गाउँपालिका अध्यक्ष असिम राइको अध्यक्षतामा सोमबार बसेको कार्यपालिका बैठकले सुबास संगम राईको संयोजकत्वमा समिति गठन गरेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठान कार्यविधि २०८१ अनुसार पालिका भित्रको भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वर्द्धन र विकास गर्न प्रज्ञा प्रतिष्ठान स्थापना गरिएको गाउँपालिका अध्यक्ष असिम राईले बताउँनुभयो ।

कार्यपालिका बैठकले अन्य केही महत्त्वपूर्ण निर्णय समेत गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्